सूचना
कर्मचारी प्रोत्साहन,फिल्ड भत्ता, पर्यटन काज तथा आवास सुविधा सम्बन्धी कार्यविधि २०८१
कर्मचारी प्रोत्साहन,फिल्ड भत्ता, पर्यटन काज तथा आवास सुविधा सम्बन्धी कार्यविधि २०८१
चुमनुब्री गाउँपालिकाका कर्मचारीलाई उच्च मनोबलका साथ दैनिक प्रशासनिक लगायतका कार्यहरू चुस्तदुरूस्त, भ्रष्टाचार मुक्त र मितव्ययी रूपमा कार्य सम्पादन गर्न र स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाई समग्र पालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा भौगोलिक रूपमा विकट रहेको चुमनुब्री गाउँपालिकामा कर्मचारीलाई दिगो रूपमा टिकाई राख्न कर्मचारीहरूलाई दिईने प्रोत्साहन सम्बन्धी सेवा सुविधा,आन्तरिक पर्यटन प्रवर्द्धन तथा पुनर्ताजकिकरणका लागि पर्यटन काज तथा सरकारी आवास नभएका तथा घर बहाल लिई बस्नु पर्ने कर्मचारीहरूलाई आवास सुविधाका रूपमा घर बहाल रकम उपलब्ध गराउने तथा प्राविधिक कर्मचारीलाई योजना व्यवस्थापनको क्रममा फिल्डमा रहँदा फिल्ड भत्ता उपलब्ध गराउने कार्यलाई नियमित तथा व्यवस्थित गराउन चुमनुब्री गाउँपालिकाको प्रशासकीय कार्यविधि[नियमित गर्ने] ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी चुमनुब्री गाउँकार्यपालिकाले यो कार्यविधि जारी गरेको छ ।