सूचना
आदिवासी जनजाती आयोगले चुमनुब्री गाउँपालिका अध्यक्षलाई सम्मान गर्दै
चुमनुब्री गाउँपालिकाले नेपालको संविधानको भावना र मर्म अनुरूप परम्परागत प्रथाजनित श्याग्या परम्परा संरक्षण तथा आम्ची उपचार प्रणाली संरक्षणका कानुन निर्माण गरि कार्यान्वयन गरेकोमा आदिवासी जनजाती आयोगले आफ्नो चौथो वार्षिक उत्सव २०८१ को अवसरमा चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामालाई प्रशंसा प्रत्र प्रदान गरेको छ ।