सूचना
गोरखा जिल्ला स्तरिय न्यायिक समिति समिक्षा कार्यक्रम २०८२
गोरखा जिल्ला न्यायिक समितिको कार्यसम्पादन समिक्षा कार्यक्रम चुमनुब्री गाउँपालिकामा मिति २०८२ मंसिर ७ गते गोरखा जिल्लाका स्थानीय तहका न्यायिक समितका पदाधिकारीहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, न्यायिक समिति सहजकर्ताहरू, जिल्ला समन्वय समिति उपप्रमुख लगायतको उपस्थितिमा तपसलिका निर्णय तथा प्रतिवद्धता जारी गरी सफलता पूर्वक सम्पन्न भयो ।
निर्णय तथा प्रतिवद्धता
१. गोरखा जिल्लाका स्थानीय तहका न्यायिक समितिले आफ्नो कार्यसम्पादन गर्दा एकरूपता कायम गर्ने ।
२. विवाद समाधान गर्दा मेलमिलाप गराउने नीतिलाई प्रथामिकताकासाथ अंगिकार गर्ने ।
३. न्यायिक समितिको क्षेत्राधिकार र काम कारवाहीबारे आ-आफ्नो पालिकामा जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने ।
४. न्यायिक समितिका गतिविधि तथा निर्णयहरूलाई नियमित रूपमा सार्वजनिक गर्ने र अभिलेख डिजिटलाईज्ड गर्ने ।
५. आगामी जिल्ला न्यायिक तेस्रो भेला मिति २०८२ मंसिर मसान्त सम्ममा भिमसेनथापा गाउँपालिकामा आयोजना गर्ने ।












