FAQs Complain Problems

काल ताल प्रोक

Read More

चुम भ्याली छेकम्पार चुमलिङ

Read More

चुमनुव्री गाउँपालिकाकाे स‍ंक्षिप्त परिचय

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू (समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास) मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ ।कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि.

जन प्रतिनिधि

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- ३ दिन भित्र
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
  • सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, लेखा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • भुक्तानीको लागि निवेदन,
  • प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन,
  • प्राविधिकको नापी किताब,
  • कार्यस्थलको फोटो (काम सूरु हुनुभन्दा अगाडि र काम सम्पन्न भइसकेपछिका फोटोहरु),प्राविधिक र उ.स.का अध्यक्षले प्रमाणित गर्नुपर्ने,
  • उपभोक्ता समितिको कार्यसम्पन्न भएको निर्णय,
  • वडा स्तरीय अनुगमन समितिको कार्यसम्पन्न सिफारिस,
  • खर्च सार्वजनिक गरेको निर्णय,
  • वडा समितिको कार्यसम्पन्न सिफारिस,
  • रु. ३ लाख भन्दा बढीको योजनामा कार्यस्थलमा सूचना पार्टी राखेको फोटो,
  • उपाध्यक्षको कार्यसम्पन्न सिफारिस,
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्ने,
  • डोर हाजिर फारम (प्रमाणित), उ.स. समितिको पदाधिकारीले हस्ताक्षर गरी वडा अध्यक्षले प्रमाणित गरेको हुनुपर्ने ,
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २०००० ( बीस हजार)  भन्दा माथिको रकमको हकमा कर विजक नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य नहुने, 
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा,योजना शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • सम्झौता गरिदिने व्यहोराको वडा कार्यालयको सिफारिस,
  • प्राविधिक लागत स्टमेट/कार्यक्रम प्रस्तावना,
  • उपभोक्ता समिति गठनको माइन्युट,
  • उपभोक्ता समितिका पदाधिकारीहरु बैठक बसी सम्झौता गर्ने उल्लेख भएको बैठकको माइन्युट,
  • उपभोक्ता समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको फोटोकपी,